२०८१ माघ २५ शुक्रबार

अस्ट्रेलियन ओपन: १९ वर्षीय नोस्कोभासँग पराजित हुँदै बाहिरिइन् विश्व नम्बर एक इगा

  • admin २०८० माघ ६ शनिवार

अस्ट्रेलिया / महिलातर्फ विश्व नम्बर एक टेनिस खेलाडी इगा स्विटेक वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन्। उनी चेक रिपब्लिककी १९ वर्षीय लिन्डा नोस्कोभासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन्।

नोस्कोभाले खेल ३-६ ६-३ ६-४ ले आफ्नो पक्षमा पारिन्। जितपछि नोस्कोभाले आफू शब्दविहीन भएको बताइन्। उनी पहिलो पटक मुख्य प्रतियोगिताको चौंथो चरणमा पुग्न सफल रहिन्। उनले भनिन् ‘पक्कैपनि मैले विश्व नम्बर एक सँग खेल्न पाउँदा उत्साहित थिँए, तर यो खेल यसरी सकिन्छ भन्ने सोचेको थिइन्।