काठमाडौं । घरेलु टोली न्युजिल्यान्ड बिरुद्वको पाचौं टि-२० आईमा पाकिस्तान ४२ रनले विजयी भएको छ। योसँगै न्युजिल्यान्डले पाँच खेलको टि-२० आई सिरिज ४-१ ले जितेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनायो।पाकिस्तानका लागि ओपनर तथा विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले सर्वाधिक ३८ रनको योगदान दिए।फखर जमानले ३३,सहिब्जदा फर्हानले १९,अब्बास अफ्रिदीले अविजित १४ र बाबर अजामले १३ रन जोडे।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी,म्याट हेनरी,लकी फर्गुसन र ईश सोढीले समान २-२ विकेट लिए।
१ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.२ ओभरमा ९२ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक २६ रनको योगदान दिए।फिन एलेनले २२,टिम सेफर्टले १९ र विल योङले १२ रन जोडे।
बलिङतर्फ पाकिस्तानका इफ्तिखर अहमदले सर्वाधिक ३ विकेट लिए।कप्तान शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले समान २-२ विकेट लिए।
तपाइँको प्रतिक्रीया