२०८२ असार ३० सोमबार

प्रवासी नेपाली एकता समाज भिक्टोरिया (पानस) अस्ट्रेलियाको राज्य कमिटी बिस्तार

  • admin २०८० माघ ८ सोमबार

अस्ट्रेलिया / बहुसांस्कृतिक विविधता र बढ्दो नेपालीभाषी समुदाय भएको अष्ट्रेलियाको दोस्रो ठुलो सहर मेलवर्नमा   प्रवासी नेपाली एकता समाज भिक्टोरिया (पानस)अस्ट्रेलियाको राज्य कमिटी बिस्तार भएको छ ।

प्रवासी नेपाली एकता समाज (पानस) अष्ट्रेलियाका संरक्षक दिपक विष्ट ज्युको प्रमुख आतित्थ्यमा मेलबर्न नजिकको जिलोङमा साधारणसभा सम्पन्न भएको थियो । उक्त सभाबाट दिपक गौतमको संयोजकत्वमा राज्य कमिटीहरु चयन गरिएको छ।

प्रवासी नेपाली एकता समाज भिक्टोरिया अस्ट्रेलिया (पानस) को कार्यसमिति

संयोजक – दिपक गौतम
उपसंयोजक / प्रवक्ता – पुश्कर भट्टराइ
सचिव – हरी बास्कोटा
सहसचिव – आशिष श्रेष्ठ
कोषाध्यक्ष – आकाश कट्वाल
सदस्य – सितल भुसाल
सदस्य – रोजिला उप्रेती
सदस्य – सुशान्त तामाङ
सदस्य – सौरभ तामाङ
सदस्य – सिशिर छेत्री
नव निर्वाचित राज्य संयोजक गौतमले साधारण सभाबाट सर्वसम्मत कार्यसमिति निर्माण गर्न भुमिका खेल्ने सबैमा धन्यवाद दिनुभएको थियो ।
प्रवासी नेपाली एकता समाज (पानस)  ले आफ्नो संगठन विस्तारलाई अस्ट्रेलिया लगायत अन्य देशहरूमा  तीव्रता दिएको छ भने अस्ट्रेलियाको पनि विभिन्न राज्यहरूमा संगठन विस्तार गरिसकेको छ।