२०८२ बैशाख ८ सोमबार

अफगानिस्तानमा एअरएम्बुलेन्स दुर्घटना : चार जनाको जीवितै उद्धार, दुईजना बेपत्ता

  • admin २०८० माघ ८ सोमबार

एजेन्सी । अफगानिस्तानमा दुर्घटनाग्रस्त मस्को जाँदै गरेको एयर एम्बुलेन्स पत्ता लागेको छ। यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको बारेमा जानकारी संकलन भइरहेको छ।

मोरक्कन-रेजिष्टर्ड डसल्ट फाल्कन (DF-10) विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो र थाइल्याण्डबाट मस्को जाँदै थियो। जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बिबिसीले जनाएको छ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो। सुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो।

गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४ :०२ बजे विमान उडेको थियो। रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित बेपत्ता भएको बताएका थिए।