२०८१ माघ २५ शुक्रबार

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

  • admin २०८० माघ ८ सोमबार

काठमाडौं। उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।

कोष सदस्य भरत मरासिनीले दायर गरेको रिट निवेदनमा न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै उहाँको नियुक्ति बदर गरेको हो ।

अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपश्चात पुनको नियुक्ति बदर भएको हो ।

पुसको पहिलो साता नियुक्त भएकी पुनविरुद्ध मरासिनीले पुस २९ मा रिट दायर गर्नुभएको थियो ।