२०८२ बैशाख १५ सोमबार

भजन कीर्तन समूह एडिलेडको अध्यक्षमा खगेन्द्र सापकोटा

  • admin २०८० माघ १५ सोमबार

एडिलेड । नेपाली भजन कीर्तन समूह एडिलेडको तेस्रो साधारण सभाले आगामी दुई बर्षका लागी खगेन्द्र सापकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्माण गरेको छ ।

समितिको उपाध्यक्ष डा. दया पराजुली, सचिवमा शिव काफ्ले, सह सचिवमा शास्त्री सम्भव सुबेदी, कोषाध्यक्षमा सुनिता आम्गाई सिम्खडा , पब्लिक रिलेशन अफिसरमा क्षितिज सापकोटा छन् ।

त्यसै गरी सदस्यहरुमा सुरेन्द्र रेग्मी, आर के शर्मा, शिव रिमाल, यदु आचार्य, हरी रेग्मी, सिमा कडेल, इन्दु भट्टराई, कबिता पराजुली, जीवन प्रसाद भट्टराई, अनुप चन्द्र सुवेदी, भीम न्यौपाने रहेका छन् भने सस्थाको संरक्षकमा संस्थापक अध्यक्ष गणेश पराजुली रहेका छन् ।

तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदूत दिपक धमलाले नेपालको मौलिक संस्कृति र परम्परालाई साउथ अष्ट्रेलियामा पनि सम्वर्धन गर्दै आएकोमा समूहलाई धन्यवाद दिएका थिए । एनआरएनए साउथ अस्ट्रेलियाका सह-संयोजक बिनोद बानियाले नेपाली धर्म, परम्परा, रितीरिवाज एवं संस्कृतिलाई परदेशमा जिवन्त राख्न एनआरएनए भजन कीर्तन समूहसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो।

कार्यवाहक अध्यक्ष शिव काफ्लेको अध्यक्षता र सचिव आरके शर्माले सञ्चालन गरेको कार्यक्रममा खगेन्द्र सापकोटाले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

नवनियुक्त अध्यक्ष खगेन्द्र सापकोटाले साथी टिभीसँग कुरा गर्दै नयाँ कार्य समितिलाई सर्वसम्मत रुपमा पूर्णता दिँदै मलाई अध्यक्षमा चयन गर्नु भएकोमा निर्वाचन कमिटी लगायत सम्पूर्णलाई धन्यवाद दिनुभयो।
साथै सापकोटाले यस संस्थाको मर्यादा कायम राख्दै र अघिल्लो कार्य समितिले गरेका निर्णयहरुको पूर्ण सम्मान गर्दै, यो समितिले यस संस्थालाई नयाँ उचाइमा पुर्‍याउन आफू लागिपर्ने बताउनुभयो।
सापकोटाले अघिल्लो कार्यसमितिलाई धन्यवाद दिँदै आगामी दिनहरूमा सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो।