२०८१ माघ ५ शनिवार

पूर्वराजासँग भेटेपछि दुर्गा प्रसाईँ लेख्नुहुन्छ- देशले छिट्टै निकास पाउँछ, धैर्य गर्नुहोला

  • admin २०८० माघ १५ सोमबार

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्नुभएको छ ।

प्रसाईँले आज बिहान सिमरामा पूर्वराजासँग भेट गर्नुभएको हो । भेटपछिको तस्वीर सामाजिक सञ्जालमा राख्दै प्रसाईँले भेट अर्थपूर्ण रहेको उल्लेख गर्नुहुँदै देशले छिट्टै निकास पाउने बताउनु भएको छ ।

उहाँले लेख्नुभएको छ, ‘श्री ५ महाराजधिराज सरकार संगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला ।’