२०८१ चैत ३ सोमबार

यू-१९ क्रिकेट विश्वकप : सुपर सिक्समा आज नेपालको सामना बंगलादेशसँग

  • admin २०८० माघ १७ बुधबार

काठमाडौं । जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ ।

नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समूह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो ।

त्यस्तै बंगलादेशले समूह चरणमा ३ खेलमा २ जित र एक हारसहित समूह ए बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो ।

नेपाल अहिले सुपर सिक्सको समूह १ मा समूह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ ।

त्यसैले सेमिफाइनलमा पुग्न नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

नेपालले समूह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमान्चक एक विकेटले पराजित गरेको थियो ।

आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शीर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।