अष्ट्रेलिया ।घरेलु टोली अष्ट्रेलियाले वेस्ट इन्डिजसँगको पहिलो ओडिआई खेल ८ विकेटले जितेको छ।योसँगै अष्ट्रेलियाले तीन खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ।
मेलबर्नमा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिज ४८.४ ओभरमा २ सय ३१ रनमा अल आउट भयो।वेस्ट इन्डिजका केएसी कार्टीले १ सय ६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८८ रनको योगदान दिए।रोस्टन चेस ६७ बलमा ७ चौकासहित ५९ रनमा आउट भए।हायडेन वाल्सले २०,म्याथ्यु फोर्डेले १९,कप्तान शाइ होपले १२ र कभेम होड्गेले ११ रन जोडे।
बलिङतर्फ अष्ट्रेलियाका डेब्यु खेल खेलेका सभिएर बर्टलेटले ९ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।सेन एबट र क्यामरन ग्रिनले समान २-२ विकेट लिए।एडम जम्पाको नाममा १ विकेट रह्यो।
२ सय ३२ रनको विजयी लक्ष्य अष्ट्रेलियाले ३८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।अष्ट्रेलियाका कप्तान स्टेभेन स्मिथ ७९ बलमा ८ चौकासहित ७९ रनमा अविजित रहे।क्यामरन ग्रिन १ सय ४ बलमा ४ चौका र २ छक्कासहित ७७ रनमा अविजित रहे।ओपनर जोश इंलिस ४३ बलमा १० चौका र १ छक्कासहित ६५ रनमा आउट भए।
बलिङतर्फ वेस्ट इन्डिजका म्याथ्यु फोर्डे र गुडकेश मोटीएले समान १-१ विकेट लिए।
तपाइँको प्रतिक्रीया