२०८२ जेठ ८ बुधबार

आयोजक कतार एसियन कपको सेमिफाइनलमा प्रवेश

  • admin २०८० माघ २१ आइतबार

काठमाडौँ– आयोजक कतार एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो।

यस अघि ९० मिनेटको निर्धारित समयमा दुवै देशले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरमा (पेनाल्टी सुटआउट)बाट भएको थियो।
अब कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ।

यो खेलसँगै अब एसियन कपको सेमिफाइनलको समीकरण पुरा भएको छ। सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र दक्षिण कोरिया पुगेका छन् ।

अब जोर्डनले दक्षिण कोरियासँग फेब्रुअरी ६ मा खेल्ने छ भने कतारले इरानसँग फेब्रुअरी ७ मा खेल्ने छ।