२०८१ चैत ३ सोमबार

निर्देशक बस्नेतद्वारा स्वास्थ्य संस्थालाई ३ रोपनी जग्गा दान

  • admin २०८० माघ २४ बुधबार

इलाम । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आफ्नो नाममा रहेको पुर्ख्यौली जग्गा तीन रोपनी स्थानीय स्वास्थ्य संस्थालाई दान गर्नुभएको छ ।

इलाम नगरपालिका वडा नम्बर १ साखेजुङमा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा बस्नेतले आधारभुत उपचार स्वास्थ्य केन्द्रलाई दान दिनुभएको हो ।

बुवाको इच्छामा सो जग्गा स्वास्थ्य संस्थालाई प्रदान गरेको बस्नेतले बताउनुभएको छ । मालपोतमा जग्गा दान गर्न बस्नेत बुवासँगै कार्यालयमा पुग्नुभएको थियो ।

वडा नम्बर १ का वडा अध्यक्ष गायत्रीराम बस्नेतले निश्चलले दिएको जग्गा निकै उपयोगी हुने बताउनुभएको छ । उहाँले निकट भविष्यमा सुविधाजनक स्वास्थ्य संस्था निर्माण गरिने बताउनुभयो ।