२०८२ असार ३० सोमबार

कतारले जित्यो एसियन कपको उपाधि

  • admin २०८० माघ २८ आइतबार

काठमाडौं, २८ माघ । कतारले लगातार दोस्रो पटक एसियन कपको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारले एसियन कपको उपाधि जितेको हो ।

कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए । उनले तीनै गोल पेनाल्टीबाट गरेका थिए ।

त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

यसअघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसियन कप जित्ने चौथो देश बनेको छ ।

यसअघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एसियन कप जितेको थियो ।

योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ।