एडिलेड / गोरखा समाज अष्ट्रेलियाको आयोजना र मानव सेवा आश्रमको सहजीकरणमा फेब्रुअरी २५ तारिखमा साउथ अस्ट्रेलियाको एडिलेडमा बृहद आमा सेमिनार कार्यक्रम हुने भएको छ । गोरखा समाज अष्ट्रेलियाले, अष्ट्रेलियाको बिभिन्न शहरमा मानबियताको लागि ” बृहद आमा सेमिनार ” कार्यक्रम गर्न लागेको हो ।
एडिलेडमा हुने सेमिनारको व्यवस्थापन नेपाली भजन कीर्तन समूह एडिलेड गर्ने भएको छ। विगत ६ वर्षदेखि क्रियाशिल नेपाली भजन कीर्तन समुह नेपाली धर्म, परम्परा, रितीरिवाज एवं संस्कृतिलाई परदेशमा जिवन्त राख्न भजन समुहले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
“जसका कोहि हुदैनन् ,जसको केहि हुदैन उनैको सेवामा समर्पित ” भन्ने स्लोगनका साथ आयोजना गर्न लागिएको आमा सेमिनार कार्यक्रम फ्रेबुवरी २५ तारिख साँझ ५ बजेदेखि एडिलेडको स्थानीय हल Active Elders Hall , 27A Charles St, Ascot Park SA 5043 हुदैछ । सेमिनारमा भाग लिन चाहनेलाई निशुल्क प्रवेशको ब्यबस्था समेत गरिएको छ ।
मानवता प्रवद्र्धन महाअभियानका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उपाध्यक्ष उमा भण्डारी, कोषाध्यक्ष होमनाथ तिमल्सिना एवं पत्रकार राजेन्द्र बानियाँले कार्यक्रमहरुको सहजीकरण गर्नेछन्।
हालसम्म मानव सेवा आश्रमले घरवार र परिवारविहिन भई सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन विवश १० हजारभन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, पालनपोषण, औषधोपचार र पारिवारीक पुर्नमिलन गरिसकेको छ । देशका सातै प्रदेशमा २४ सेवा केन्द्र सञ्चालन गरी मानव सेवा आश्रमले कसैले पनि नेपालको सडकपेटीमा कष्टपूर्ण जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्न सेवा प्रवाहलाई तीव्र बनाएको छ भने हरेक वर्ष मेची–महाकाली राष्ट्रिय उद्धार यात्राकोसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।विसं २०८२ भित्र नेपालको सडकपेटीमा कसैले पनि अनाथ, अभिभावकविहीन, बेसहारा, सहयोगापेक्षी भएर बस्न नपर्ने राष्ट्र नेपाल निर्माण गर्ने दृढ सङ्कल्पलाई साकार पार्न एवं मानवता प्रवद्र्धन महाअभियानमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।
साथी टिभी सँगकुरा गर्दै भजन कीर्तन समूहका अध्यक्ष खगेन्द्र सापकोटाले एडिलेडमा रहेका सम्पूर्ण मानवता प्रेमी परोपकारी मनहरूका साथै सहयोगी सबै उदार मनहरुलाई कार्यक्रममा उपस्थिति जनाइदिनुहुन समेत अनुरोध गर्नुभएको छ। उक्त दिन कार्यक्रममा आमा सेमिनारका साथै प्रसाद वितरण तथा भजन किर्तन समेत हुने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । कार्यक्रमहरुको बारेमा थप जानकारी एवं सहभागिताको लागि खगेन्द्र सापकोटा ०४११५९६००६, सुरेन्द्र रेग्मी ०४२०८५३०३५ , शिव काफ्ले ०४५२४४५६१३ लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाइँको प्रतिक्रीया