२०८१ चैत २ आइतबार

इन्डियन आइडलबाट फर्केपछि मेनुकाको पहिलो म्युजिक भिडियो सार्वजनिक

  • admin २०८० फागुन ११ शुक्रबार

काठमाडौँ / इन्डियन आइडलमा पाएको सफलताबाट चर्चाको शिखरमा रहेकी मेनुका पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बर्बादी’ सार्वजनिक भएको छ ।

इन्डियन आइडलबाट फर्केपछि मेनुका पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो ।

तिम्रो रुपको आगो बोलमा रहेको गीतमा मेनुका र सिडी विजय अधिकारीको स्वर रहेको छ ।

क्षितिज सापकोटाको शब्दलाई अधिकारीले नै कम्पोज गरेका हुन् । सापकोटा अस्ट्रेलियामा बस्दै आए पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिइरहेका छन्।

प्रहिल कार्कीकाे निर्देशन रहेको भिडियाोमा आकाश श्रेष्ठ, करुणा श्रेष्ठ, दिपेन्द्रराज गिरीलगायतको अभिनय छ ।

उत्तम हुमागाइँ, दिपु पौडेल, माधव बेलबासे तथा टिम युनिटको छायाँकन तथा मेकिङ्गमा भिडियो निर्माण भएको हो ।