काठमाडौं- फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा फिल्मका मुख्य कालाकारलाई नै बढी स्थान दिइएको छ । ‘जात्रा’ फिल्म श्रृङ्खलाको तेस्रो सिक्वलका रुपमा निर्माण गरिएको यस फिल्म अघिल्ला फिल्म जस्तै पैसा व्यवस्थापनमा गर्दा आइपर्ने समस्यामा आधारित कथामा बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
निर्देशक प्रदीप भट्टराईले बरोजगार युवालाई गलत प्रयोग गरिएको घटनालाई रमाइलो ढंगले फिल्ममा उतारेको जानकारी दिए । उनले भने, ‘सिक्वल’ बनाउनु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति होइन तर कथा यस्तो निस्कियो कि नबनाइ सन्तुष्ट नै हुन सकिएन ।’
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।
षट्कोण आर्टको ब्यानरमा बनेको यो फिल्म चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । यस फिल्मको लेखक र निर्देशक भट्टराई स्वयं हुन् । त्यस्तै, यो फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले यो फिल्म खिचेका हुन् ।
यस्तो देखियो ट्रेलर-
तपाइँको प्रतिक्रीया