काठमाडौं । नयाँ सत्ता समीकरण बनेपछि नियुक्त गरिएका नयाँ मन्त्रीहरुको सपथ ग्रहण भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा नवनियुक्त मन्त्रीहरु पदम गिरी, हितबहादुर तामाङ र डोरप्रसाद अर्यालको सपथ ग्रहण भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सपथ दिलाएका हुन् । तीन जना मन्त्रीहरुको अहिले कुनै जिम्मेवारी तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएकाहुन् ।
कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले सोमबार बिहान एमाले, रास्वपासहितको नयाँ गठबन्धन बनाएका हुन् ।
तपाइँको प्रतिक्रीया