२०८१ माघ ६ आइतबार

धैरै समयपछि माधव नेपालको घर पुगे ओली, साथमा प्रचण्ड पनि; सरकारमा सहभागिताबारे वार्ता

  • admin २०८० फागुन २२ मङ्गलबार

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन भएसँगै एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन् ।

नेकपा विभाजन भए देखि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् ।

साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि नेपाल निवास पुगेका छन् ।