२०८१ चैत ३ सोमबार

नेपाली फिल्म ‘महाजात्रा’ अष्ट्रेलियाको एडिलेडमा प्रदर्शन हुने

  • admin २०८० चैत ५ सोमबार

एडिलेड / नेपाली फिल्म ‘महाजात्रा’ अष्ट्रेलियाको एडिलेडमा पनि प्रदर्शन हुने भएको छ ।

3kg entertainment & event र chandra surya entertainment को व्यवस्थापनमा एडिलेडमा March 22nd र 24thमा स्थानीय Mercury Cinema हलमा फिल्म ‘महाजात्रा’ प्रिमियर शो हुन लागेको हो।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलतापछि तयार भएको तेस्रो शृङ्खला ‘महाजात्रा’ हो । ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविनखड्का, प्रकाश घिमिरे, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य, दिव्य देव, गौमाया गुरुङ थपिएका छन् ।

यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानैफिल्मको कथा रहेको छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ ।

http://www.msmticketing.com.au