एडिलेड/ एडिलेड नेपालको आयोजनामा मार्च २५ मा ‘होली फेस्टिवल’ आयोजना हुने भएको छ ।
एडिलेड नेपालले सन् २०१८ देखी होली फेस्टिवल आयोजना गर्दै आएको छ ।
नेपाली रीतिरिवाज, परम्परा, संस्कृति तथा चाडपर्व नयाँ पुस्तामाझ उजागर गर्ने उद्देश्यले हरेक वर्ष होली फेस्टिवल आयोजना गर्दै आएको एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले जानकारी दिए ।
यसपटकको होली फेस्टिवलमा गायक प्रकाश सपुत, दुर्गेश थापा, राजेश राई लगायत स्थानीय एडिलेडमा रहेका कलाकारको प्रस्तुती रहने बताइएको छ ।
निःशुल्क प्रवेश रहेको उक्त कार्यक्रम एकआपसमा रङ दलेर माया तथा सद्भाव साटासाट गर्नुका साथै कार्यक्रममा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति व्यावसायिक स्टलका साथमा विभिन्न खानाका परिकारहरु समेत रहेने कोइरालाले बताउनुभयो।
अध्यक्ष कोइरालाका अनुसार कार्यक्रममा जुन पायो त्यही रङले छालामा असर गर्ने भएकाले काउन्सिलको परीक्षण र अनुमति अनुसारको रङ कार्यक्रम स्थलमानै बिक्रीका लागि राखिएको रङ मात्र प्रयोग गर्नुपर्ने बताउनुभयो।
स्थानीय मिचेल पार्क ओबलमा हुने उक्त होली कार्यक्रम दिउँसो २ बजेबाट सुरु भएर साँझ ९ बजे सकिनेछ।
तपाइँको प्रतिक्रीया