२०८१ चैत २ आइतबार

‘महाजात्रा’को पहिलो दिनको व्यापार १ करोड २३ लाख

  • admin २०८० चैत १० शनिवार

काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाजात्रा’ले पहिलो दिन १ करोड २३ लाख बराबरको ग्रस व्यापार गरेको बताइएको छ। निर्माताले सार्वजनिक गरेको आँकडा अनुसार शुक्रवार २५० भन्दा धेरै शो हरूमा करिब असी प्रतिशत अकुपेन्सी रहेको थियो।

यो चलचित्र सिरिजका अघिल्ला दुई चलचित्रहरू ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित थियो। प्रिमियरबाट यसले अत्यन्तै सुखद प्रतिक्रिया पाएको थियो।

प्रदीप भट्टराई निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ।