एडिलेड / ब्रदर्स युनाटेड क्लब (बियुएफसी) को आयोजनामा दोस्रो ग्रेस बियुएफसी कप आयोजना हुने भएको छ।
एडिलेडको स्थानीय सस पार्कमा यही मार्च ३० र ३१ मा दुई दिन खेलकुद सञ्चालन हुनेछ । क्लबका अध्यक्ष सन्तोष ढकालका अनुसार स्वर्गीय मिलन रानाको स्मृतिमा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा एडिलेडमा रहेका फुटबल क्लबबाट आठ टिम सहभागी हुने भएका छन् । विजय टिमलाई कप सहित अस्ट्रेलियन डलर २५०० र दोस्रोलाई १००० सहित खेलाडीहरूलाई मेडल प्रदान गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो।
त्यसैगरी प्रतियोगिताको क्रममा भेट्रन्सहरूको पनि फुटबल हुने भएको छ । प्रतियोगितामा एडिलेडमा रहेका फुटबल क्लबका साथै सामाजिक संस्थाबाट भेन्टार्समा सहभागी हुने भएका छन् । भेट्रन्स तर्फ विजय हुने टिमलाई अस्ट्रेलियन डलर ७०० र दोस्रो हुनलाई ५०० मेडल सहित प्रदान गरिनेछ।
स्वास्थ्यका लागि खेलकुद अति नै आवश्यक भएको र खेलकुदको माध्यमबाट समुदाय जोड्ने भएकाले फुटबल प्रतियोगिता आयोजना गरिएको बताउनुहुन्छ अध्यक्ष ढकाल । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल खेलसँगै खानाका स्टलहरू पनि सञ्चालन हुने भएको छ। दर्शकहरुले खेल हेर्नुका साथै खानाको स्वाद लिन पनि पाउने भएकाले पारिवारिक वातावरण हुने भएको छ ।
खेलकुद मेलाको रूपमै सञ्चालन हुने भएकाले एडिलेडमा रहनुहुने नेपाली समुदायलाई उपस्थिति जनाइदिनुहुन ढकालले अनुरोध समेत गर्नुभयो ।
तपाइँको प्रतिक्रीया