२०८१ माघ २५ शुक्रबार

गायक राजेश पायलले गरे श्रीमतीसँग डिभोर्स

  • admin २०८० चैत २२ बिहीबार

 

काठमाडौं । गायक राजेश पायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गर्नुभएको छ ।

काठमाडौं जिल्ला अदालतमा राजेश र साङबुङबीच सम्बन्धविच्छेदका हस्ताक्षर भएको हो । श्रीमतीले सम्बन्धविच्छेद गर्न दवाब दिएपछि राजेशले सम्बन्धविच्छेद गर्नुभएको बताइएको छ ।

राजेशले आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग केही वर्षअघि सुटुक्क विवाह गर्नुभएको थियो । उहाँहरूको दुई वर्षको एक छोरा पनि हुनुहुन्छ । राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्ता गर्नुभएको थियो । विवाह दर्ता प्रमाणपत्रमा २०७८ असोज महिनामा विवाह भएको उल्लेख छ । उहाँहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गत मंसिर २६ गते विवाह दर्ता गर्नुभएको थियो ।

राजेशले सम्बन्धविच्छेद गर्दै साङबुङलाई ६ करोड बढी सम्पत्ति पनि दिनुभएको छ । उहाँले काठमाडौंको नक्सालमा रहेको झढठै पाँच करोड पर्ने तीन तलाको घर साङबुङलाई दिनुभएको छ । यस्तै, पचास लाख नगद दिनुभएको छ भने भविष्यमा पनि थप एक करोड दिने सम्झौता गर्नुभएको छ ।

यस्तै, काठमाडौंमा रहेको एउटा घडेरी पनि साङबुङले पाउनुभएको छ । डिभोर्सपछि छोरा आमासँग बस्नेछन् भने राजेशले छोराको पढाइको खर्च साथै भरणपोषणका लागि छुट्टै मासिक १५ हजार रूपैयाँ साङबुङलाई उपलब्ध गराउने सम्झौता भएको छ ।