एडिलेड- चर्चित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि एडिलेडको मञ्चमा दर्शक माझ आउने भएका छन् । महजात्राको व्यवस्थापन एडिलेमा भने एसके इभेन्टले गरेको हो । बहुप्रतीक्षित महजात्रा जुन ७ मा एडिलेडको स्थानीय आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ ।
मह जोडीको साथमा वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले पनि मनोरञ्जन र सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ ।
ऐतिहासिक क्याप्री थिएटर गुडवुडमा आयोजना हुने पहिलो नेपाली कार्यक्रमलाई महत्वको साथ हेरिएको छ । वरिष्ठ कलाकारहरूको प्रस्तुति रहने भएको हुँदा एडिलेडका दर्शकहरूमा उत्साह देखिएको र कलाकारको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएर इतिहास रच्ने विश्वास लिएको एसके इभेन्ट्स एडिलेडका प्रबन्ध निर्देशक कमल थापा मगरले बताए ।
निर्देशक थापाले कार्यक्रम सफल बनाइदिनुहुन एडिलेडमा बस्ने नेपाली भाषी समक्ष अनुरोध गर्नुका साथै समयमै टिकट लिई आफ्नो सिट सुरक्षित गर्नुहुन पनि अनुरोध गर्नुभएको छ।
यस इभेन्ट्सको शीर्षक प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसनल एंड भिसा सर्विस जोडिएको छ।
एसके इभेन्टको व्यवस्थापनमा हुने उक्त कार्यक्रमको मिडिया पार्टनर Saathi Tv रहेको छ।
कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा सम्पर्क नम्बर
कमल थापा मगर:0422 140 042
तपाइँको प्रतिक्रीया