एडिलेड / एडिलेड नेपाली समाजको आयोजनामा नेपाली नयाँ वर्ष २०८१ को अवसरमा अप्रिल १३ तारिख शनिवार “अभिभावक वनभोज तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ।स्थानीय अकल्याण्ड पार्कमा दिनको १ वजेबाट साँझ ६ बजेसम्म वनभोज हुने कार्यक्रम संयोजक श्याम दाहालले जानकारी दिनुभयो ।
२०१२ मा स्थापित साउथ अष्ट्रेलियामा क्रियाशिल नेपाली समुदायको संस्थाहरु मध्येको जेठो संस्था एडिलेड नेपाली समाजले आफ्नो सिग्नेचर कार्यक्रमको रुपमा २०१७ देखि अष्ट्रेलिया भ्रमणमा रहुनु भएका अभिभावकहरुका लागि वनभोज गर्दै आएको छ ।
एडिलेड नेपाली विद्यालय समेतको सहकार्यमा हुन लागेको बनभोज तथा शुभकामना आदान-प्रदान कार्यक्रममा अभिभावक तथा सहभागी सबैका लागी नेपालि स्वादका खानाका परिकारहरु ,खेलकुद र नाच गान लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रम हुने संयोजक दाहालले बताउनुभयो।
अभिभावकहरुलाई परदेशमा भेटघाट चिनापरिचत गर्ने अवसर मात्र नभएर आफ्ना भावना साटासाट गर्नुका साथै शुभकामना आदान प्रदान गर्न पाउदा अभिभावकहरुको अष्ट्रेलिया बसाईको उत्कृष्ट र एक संझना गर्न लायक कार्यक्रम हुने हुदा आफ्नो अभिभावक र परिवारसहित कार्यक्रममा उपस्थित भइदिनुहुन संयोजक दालले अनुरोध समेत गर्नुभयो।
तपाइँको प्रतिक्रीया