एडिलेड / अस्ट्रेलियाली शरणार्थी संघ र भलि नर्थको सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को शुभ अवसरमा अजी ड्रुक भलिबल क्लबले (ADVC) साउथ अस्ट्रेलियामा खुला महिला भलिबल प्रतियोगिता २०२४ आयोजना गर्ने भएको छ। प्रतियोगितामा सबै उमेर समूहका महिलाहरूले भाग लिन पाउनेछन्।
कालीकोट ज्वेलर्स एडिलेड र ब्याम्बू होम सपोर्ट र कम्प्लीट च्वाइस कार्यक्रमको टाइटल स्पोन्सर रहेका छन् । कार्यक्रम एडिलेडको स्थानीय Tyndale Christian school Northern Suburbs of Adelaide को प्राङ्गणमा हुन लागेको हो।
खुला महिला भलिबल प्रतियोगिता 25 अप्रिल 2024 बिहीबार बिहान 8 बजे देखि 7 बजे सम्म हुनेछ। अन्तर्राष्ट्रिय महिला दिवस 2024 को शुभ अवसरमा सबै मेहनती महिला र खेलाडीहरूलाई सम्मान र कृतज्ञता दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष क्रिश पौडेलले जानकारी दिनुभयो । यो बहुसांस्कृतिक कार्यक्रम भएकाले यस कार्यक्रमले समुदायमा थप सकारात्मक प्रभाव पार्ने विश्वास क्लबले लिएको छ।
Aussie Druk Volleyball Club साउथ अस्ट्रेलियामा भुटानी समुदायका युवाहरूद्वारा गठित एउटा सामाजिक संस्था हो र यसले युवाहरूलाई समुदायमा आफ्नो क्षमता अभिवृद्धिका लागि भाग लिन प्रोत्साहित गर्ने गर्दछ। यस क्लबका सदस्यहरूले खेलकुद मात्र नखेली समुदायमा स्वयंसेवकको रुपमा काम पनि गर्ने गर्दछन्। क्लबले उक्त महिला भलिबल प्रतियोगितामा सबै समुदायका व्यक्तिहरूलाई उपस्थिति भई हौसला बढाइदिनुहुन समेत अनुरोध गरेको छ।कार्यक्रमको मिडिया पार्टनरको रुपमा साथी टिभी (Saathi TV) रहेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि सम्पर्क नम्बर; 0424654936
तपाइँको प्रतिक्रीया