२०८१ माघ २५ शुक्रबार

विश्वदीपमाथि पूर्व सहकर्मीको कटाक्ष माओवादीमा फर्किनु ‘ह्याङओभर मात्रै’

  • admin २०८१ बैशाख ३ सोमबार

काठमाडौँ- नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको साथ छोडेपछि उनका पूर्वसहकर्मी प्रशान्त लामिछानेले  ‘ह्याङ्ओभर’ को संज्ञा दिएका छन्।

पाण्डेका पूर्वसहकर्मी प्रशान्त लामिछानेले फेसवुकमा एक स्ट्याटस लेख्दै माओवादीको औचित्य गणतन्त्रको स्थापना पछि सकिएको बताउँदै पुराना कुनै दलमा पुन: समाहित हुनुको अर्थ नभएको प्रष्ट पारेका छन्।

‘त्यो औचित्यहिन गन्तव्य पुन: तय गर्नु साथीहरूको दुर्दशिता होइन, ‘ह्याङ ओभर’ मात्र हो।’ लामिछानेले थपेका छन्।

पाण्डे नेकपा माओवादी केन्द्रमा फर्किए लगत्तै उनको यस्तो टिप्पणी आएको हो।

२०७१ सालदेखि कुनै पनि राजनीतिक दलको सदस्य छैन। ‘देशले नयाँ राजनीतिक कोर्ष खोजिरहेको छ, त्यसका लागि नयाँ प्रयासहरू भइरहेका छन्। म यि प्रयासहरूको शुभचिन्तक हुँ’, लामिछानेले फेसवुकमा लेखेका छन्।

डा. भट्टराई प्रधानमन्त्री हुँदा पाण्डे स्वकीय सचिव थिए भने लामिछाने प्रेस संयोजक थिए।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए।

माओवादीमा फर्कनु आफ्ना लागि कुनै नौलो कुरा नभएको समेत उनले बताएका छन् ।‘माओवादी पार्टी र अध्यक्ष कमरेड प्रचण्डसँगको सहकार्य मेरा लागि कुनै नयाँ कुरा हैन,’ प्रचण्डसँगको फोटो राख्दै पाण्डेले फेसबुकमा लेखेका छन्।