२०८२ जेठ ७ मङ्गलबार

सिड्नीको चर्चमा छुरा प्रहार १६ वर्षीय युवक पक्राउ

  • admin २०८१ बैशाख ४ मङ्गलबार

अष्ट्रेलिया । सिड्नीमा प्रवचनका क्रममा एक क्रिस्चियन धर्मगुरुमाथि लक्षित गरेर छुरा प्रहार भएको छ ।

छुरा प्रहार गर्ने उक्त १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।यस घटनालाई अस्ट्रेलियाली प्रहरीले धर्मको आधारमा प्रेरित ‘आतङ्कवादी कार्य’ भनेको छ ।

घटना सोमबार साँझ वेकले उपनगरस्थित क्राइस्ट द गुड शेफर्ड चर्चमा भएको हो ।विशप मार मारी इमानुएलले प्रवचन दिइरहेका थिए, जुन इन्टरनेटमा प्रत्यक्ष प्रसारण भइरहेको थियो।

घटनापछि सयौँ मानिसहरू चर्च बाहिर जम्मा भएका थिए । प्रहरीसँग यिनीहरूको झडप भएको थियो । झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीमा क्षति पुगेको अस्ट्रेलियाका सञ्चार माध्यमहरुले जनाएका छन्।

धर्मगुरु सहित चार जनालाई छुरा प्रहार गरिएको थियो तर प्रहरीले उनीहरूको कुनै पनि चोटपटक ज्यान जोखिममा नरहेको बताएको छ।

यो घटनापछि प्रधानमन्त्री एन्थोनी अल्बानीजले राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग बैठक गरेका थिए । उनले आक्रमणलाई चिन्ताजनक भनेका छन् । अस्ट्रेलिया शान्तिप्रेमी देश भएको अनि त्यहाँ हिंसा र अतिवादको लागि कुनै ठाउँ नभएको उनको भनाइ थियो । अस्ट्रेलियामा एक साताभित्र चक्कु प्रहारको यो दोस्रो घटना हो

यसअघि शनिबार मात्र सिड्नीकै एक सपिङ मलमा चक्कु प्रहार हुँदा ७ जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए।