नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क उपचार सेवा दिने भएको छ । महानगरमा रहेका ५२ अस्पतालका ३७४ बेडमा देशैभरका अशक्त र बिपन्न बिरामीले नि:शुल्क उपचार पाउने भएका हुन् ।
महामनगर प्रमुख बालेन साहले आज सामाजिक सञ्जालमा नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आएर नि:शुल्क सेवा लिन आह्वान गरेका छन् । ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
महानगर प्रमुख साहले देशभरका नागरिकलाई आफ्नो टोल छिमेक वा आफन्तहरू विपन्न र असहाय वर्गमा रहेको भए खबर गरिदिन पनि आग्रह गरेका छन् ।
तपाइँको प्रतिक्रीया