अष्ट्रेलिया / नेपाली जनप्रगतिशिल मञ्च(एनपिपिएफ) साउथ अष्ट्रेलियाको साधारण सभाबाट कार्यसमिति विस्तार गरिएको छ।
एनपिपिएफ अस्ट्रेलियाका केन्द्रीय उपाध्यक्ष कपिल पाण्डे र केन्द्रीय सदस्य सुजन अधिकारीको रोहबरमा बसेको बैठकले
एनपीपीएफ साउथ अस्ट्रेलियाको अध्यक्षमा अर्जुन पौडेल र सचिवमा सुशील रानाभाटलाई जिम्मेवारी दिएको हो।
उक्त साधारण सभाले अध्यक्ष र सचिव बाहेक ६ सदस्य र चार सल्लाहकार रहने गरी बैठक सम्पन्न गरेको केन्द्रीय सदस्य सुजन अधिकारीले जानकारी दिनुभयो। साथै अधिकारीले एनपिपिएफ अस्ट्रेलियाको केन्द्रीय साधारण सभा यही मे ४ तारिक क्यानबारामा हुने समेत जानकारी दिनुभयो।
एनपिपिएफ(NPPF) साउथ अष्ट्रेलियाको कार्यसमिति
अध्यक्ष-अर्जुन पौडेल
सचिव -सुशील राणाभाट
सदस्यहरू
अर्जुन न्यौपाने ,नवीन अधिकारी ,सुजन दाहाल, डेनियल श्रेष्ठ ,विजेन्द्र महर्जन, मनिष खनाल
त्यसैगरी सल्लाहकारहरूमा
कपिल पाण्डे,सुजन अधिकारी,आनन्द बख्रेल ,विष्णु चापागाईं रहनुभएको छ ।
तपाइँको प्रतिक्रीया