२०८१ माघ २५ शुक्रबार

रारामा भित्रियो अष्ट्रेलियन लगानी, अस्ट्रेलियाको एक्सपर्ट ग्रुपको लगानीमा सुविधा सम्पन्न रिसोर्ट बन्ने

  • admin २०८१ बैशाख १८ मङ्गलबार

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्न लगानी भित्रिएको छ ।

काठमाडौंमा जारी लगानी सम्मेलनको दोस्रो दिन सोमबार रिसोर्टमा लगानीका लागि अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।

लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरे ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका-९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँ बराबर लगानी गरिने शाहले जानकारी दिएका छन् ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।

-रासस