२०८२ बैशाख १५ सोमबार

चौतर्फी आलोचनापछि महजोडीले मागे माफी

  • admin २०८१ जेठ १४ सोमबार

अष्ट्रेलिया / वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक संजालबाट माफी मागेका छन् ।

अदालतमा विचाराधीन एक मुद्दाको विषयमा बोलेपछि उनीहरुको चौतर्फी आलोचना भएको थियो । चौतर्फी आलोचना भोगेपछि उनीहरुले  माफी मागेका हुन् ।

केही समय अगाडि उनीहरुले ‘कैलाश सिरोहिया पक्राउ’को विषयमा आफ्नो धारणा राखेका थिए।  उनीहरुले, सिरोहिया पक्राउ गर्नु गलत भएको बताएका थिए । तर  यो विषयमा सामाजिक संजालमा चौतर्फी आलोचना भएपछि उनीहरुले  उनीहरूले अष्ट्रेलियाबाट भिडियो सन्देश जारी गर्दै  माफी मागेका हुन् ।  उनीहरुले, अदालतमा विचाराधीन विषयमा आफूहरूले नबोलेको भए हुन्थ्यो भन्दै आफ्नै मान्छे सम्झिएर माफी दिन आग्रह गरेका छन् ।

भिडियो सन्देशमा मदनकृष्णले भनेका छन, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट  बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

त्यस्तै भिडियोमा माफी माग्दै हरिवंशले भनेका छन, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’

महजोडी यतिबेला अस्ट्रेलियाको विभिन्न सहरमा हुने कार्यक्रमको लागि अस्ट्रेलियामा छन्।

https://www.facebook.com/watch/?v=1364205027577129