अष्ट्रेलिया / महजात्रा अष्ट्रेलिया–न्युजिल्याण्ड २०२४’ को सुरुवात अष्ट्रेलियाको दुई सहर पर्थ र क्यानबेरामा आइतबार सोमबार कार्यक्रम गरि सम्पन्न भएको छ । दुवै सहरहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता थियो भने महजोडीले आफ्नो चर्चित कमेडीहरु प्रस्तुत गरेका थिए। साथै सामाजिक विषयवस्तुमा व्यङ्गसमेत गरेका थिए।
यसपछि सिड्नी, एडिलेड, मेलबर्न र न्युजिल्याण्डको अकल्यान्ड र क्राइस्टचर्चमा समेत महजात्राको आयोजना हुँदैछ। बहुप्रतीक्षित महजात्रा जुन ७ मा एडिलेडको स्थानीय आइकोनिक क्याप्री थिएटर गुडवुडमा हुने भएको छ । मह जोडीको साथमा वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तानले पनि मनोरञ्जन र सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ ।
ऐतिहासिक क्याप्री थिएटर गुडवुडमा आयोजना हुने पहिलो नेपाली कार्यक्रमलाई महत्वको साथ हेरिएको छ । वरिष्ठ कलाकारहरूको प्रस्तुति रहने भएको हुँदा एडिलेडका दर्शकहरूमा उत्साह देखिएको र कलाकारको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएर इतिहास रच्ने विश्वास लिएको एसके इभेन्ट्स एडिलेडका प्रबन्ध निर्देशक कमल थापा मगरले बताए । एसके इभेन्ट्सको शीर्षक प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसनल एंड भिसा सर्विस जोडिएको छ।
एसके इभेन्टको व्यवस्थापनमा हुने उक्त कार्यक्रमको मिडिया पार्टनर Saathi Tv रहेको छ। कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा सम्पर्क नम्बर कमल थापा मगर:0422 140 042
तपाइँको प्रतिक्रीया