पोखरा । फेवातालको बीचमा फँसेकी अस्ट्रेलियन नागरिकको उद्धार गरिएकोे छ ।
बिहीबार दिउँसो आएको हावाहुरीका कारण तालमा फसेकी २७ वर्षीय लाउराको सशस्त्र प्रहरी बल नंम्बर २४ कालिका गणको टोलीले उनको उद्धार गरेको हो ।
उनी काठको डुंगा भाडामा लिएर फेवातालमा सयर गरेकी थिइन् ।
हावाहुरीमा परी बीच तालमा अतालिएर उद्धारका लागि चिच्याइरहेका बेला सशस्त्र प्रहरी टोली पुगेको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।
सशस्त्रको फेवाताल रेस्क्यु टावरमा खटिएको विशेष विपद् व्यवस्थापन टोलीले उक्त घटना भएलगत्तै तुरुन्त परिचालित भइ उद्धार गरेको थियो । सकुशल उद्धार भएपछि उनले प्रहरीलाई धन्यवाद दिएकी थिइन् ।
तपाइँको प्रतिक्रीया