अस्ट्रेलिया/ अब अस्ट्रेलियामा टिआर र भिजिटिङ भिषामा रहेकाहरु पुन: विद्यार्थी भिषामा जान नपाउने भएका छन्। आफ्नो आप्रवासन नीतिलाई कडा बनाउँदै गएको अस्ट्रेलियाले यसबारे बुधबार थप प्रष्ट पारेको छ।
अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले बुधबार पर्यटक भिषा र टेम्पोररी भिषामा रहेकाहरुले पुन: विद्यार्थी भिषामा आवेदन दिन नपाउने घोषणा गरेकी छन्। यो नियम जुलाई १ बाट लागू हुने नयाँ आप्रवासन नीतिमा समेत समेटिएको छ।
गृहमन्त्री क्लेयरद्वारा जारी मिडिया रिलिजका अनुसार पछिल्लो १० महिनामा ३६ हजार जना पर्यटक भिषाबाट विद्यार्थी भिषामा र टीआरबाट ३२ प्रतिशत विद्यार्थी भिषामा गएको उल्लेख छ। तर उनीहरुले आफ्नो देश फर्केन पुन: विद्धार्थी भिषामा भने आवेदन दिन सक्नेछन्।
नयाँ नियमले नेपाली विद्यार्थीहरु पनि प्रभावित हुने छन्। अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या तेस्रो ठूलो छ।
तपाइँको प्रतिक्रीया