२०८१ श्रावाण २ बुधबार

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

  • admin २०८१ असार २ शनिवार

काठमाडौं । आइसीसी टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो ।

नेपालका लागि ओपनर असिफ शाहले सर्वाधिक ४२ रन बनाए भने अनिल साहले २७ रन बनाएका थिए ।

त्यस्तै, कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६ रन बनाएका थिए ।

त्यस्तै, दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एकएक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।

त्यस्तै, नेपाली बलर कुशल भुर्तेलले चार विकेट र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए ।

यो हारसँगै नेपालको सुपर आठको सम्भावना सकिएको छ । अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।