अष्ट्रेलिया / वैशाखको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्समा ५१ दिन मनाएको छ ।
यो फिल्मले ५१ दिनको सेलिब्रेशन गर्दै गर्दा नायिका केकी अधिकारी भने अहिले अस्ट्रेलियामा छिन् । अष्ट्रेलियामा रहेकी केकीले फिल्मको ५१ दिने सेलिब्रेशन गरेकी छिन् ।
साथै, सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै उनले फिल्मले ५१ दिन मनाएको भन्दै सबैलाई धन्यवाद समेत दिएकी छिन् ।
अभिनेत्री तथा निर्माता केकी अधिकारीको उपस्थितिमा एडिलेडको स्थानीय द रिगल थिएटरमा रेड कार्पेट सो सम्पन्न भएको छ । उनले केक काट्दै फिल्मले ५१ दिन मनाएको खुशी साटेकी हुन् । उक्त कार्यक्रममा बोल्दै केकीले आफू अस्ट्रेलिया आएर फिल्मको ५१ दिन सेलिब्रेसन गर्न पाएकोमा निकै खुसी भएको बताएकी थिइन् । उनले संसारभरि छरिएर रहनुभएका सम्पूर्ण भगवान रूपी दर्शकहरुलाई धन्यवाद पनि दिइन् ।
उक्त रेड कार्पेट सो मा नेपालदेखि अस्ट्रेलिया घुम्न आउनुभएका अभिभावकहरूलाई निःशुल्क प्रवेश गरिएको थियो । अभिनेत्री अधिकारीले फिल्म हेर्न आएका दर्शकहरूसँगै ‘बोक्सीको घर’को गीतमा नृत्य समेत गरेकी थिइन्। एडिलेडका लागि फिल्मको व्यवस्थापन सामाजिक अभियान्ता हेम श्रेष्ठले गर्नुभएको थियो । फिल्म प्रदर्शनका लागि मुख्य स्पोन्सरको रुपमा Anex Real Estate रहेको थियो ।
सुलक्षण भारतीले निर्देशन गरेको यो फिल्मले बक्स अफिसमा १० करोड माथिको व्यापार गरेको दाबी निर्माताको छ फिल्ममा केकी अधिकारीको साथमा रमा थपलिया, सुलक्षण भारती, सुपला सापकोटा लगायतका कलाकारको अभिनय छ ।
तपाइँको प्रतिक्रीया