२०८१ माघ ५ शनिवार

एनआरएनए साउथ अस्ट्रेलियाद्वारा एक दिने सद्भाव भ्रमण आयोजना गरिँदै

  • admin २०८१ असार ९ शनिवार

अस्ट्रेलिया। एनआरएनए साउथ अस्ट्रेलियाद्वारा एक दिने सद्भाव भ्रमण आयोजना गरिने भएको छ । उक्त भ्रमण कार्यक्रममा आफ्नो अभिभावकसहित भ्रमणमा सहभागी हुन सक्नुहुनेछ। सामुदायिक सद्भाव र एकताका लागि गरिएको भ्रमण कार्यक्रम एडिलेडदेखि रेनमार्क सम्मको लागि तय गरिएको हो।

२९ जुनमा हुन गइरहेको एक दिने भ्रमण कुर्राल्टा पार्क शपिङ सेन्टर र नर्थ पार्क शपिङ सेन्टरबाट बिहान ७:०० बजे प्रस्थान गर्नेछ र लगभग ८:०० बजे बेलुका फर्किने एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक सञ्जय पुरीले जानकारी दिनुभयो।

पुरीले नेपालबाट आउनुभएका अभिभावकहरूलाई लक्षित गरी गरिएको भ्रमण भएको हुँदा समयमै आफ्नो अभिभावकहरूको नाम दर्ता गर्न अनुरोध समेत गर्नुभएको छ। साथै भ्रमणमा १८ वर्ष भन्दा कम उमेर भएकाले भने सहभागिता जनाउन पाउने छैनन्।

भ्रमण शुल्क  $89 डलर राखिएको छ भने सहभागीहरूलाई लन्चको समेत व्यवस्था गरिएको छ।

भ्रमण सम्बन्धी थप जानकारीका लागि तलका व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ : सञ्जय पुरी 0452231478 |बिनोद बानिया 0404 849 855 |गणेश पराजुली 0424 435 518

-समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला

https://forms.office.com/r/dc0R1rgDJ5