काठमाडौं / गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ ।
शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पार्नुभएको हो । उपाधिसँगै उहाँले २५ लाख नगद र ट्रफी प्राप्त गर्नुभयो ।
प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप र दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप हुनुभयो । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नुभयो ।
नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बाँस्कोटा निर्णायकको रुपमा हुनुहुन्थो ।
तपाइँको प्रतिक्रीया