२०८२ बैशाख १५ सोमबार

एडिलेडमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने

  • admin २०८१ असार १२ मङ्गलबार

एडिलेड / एडिलेडमा NEPA (Nepalese Energetic People in Australia)को आयोजनामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ।

एडिलेडमा रहेका नेपाली समुदायको स्वास्थ्य र उनीहरूको समग्र विकास र सफलताको लागि NEPA र Australasian Association of Ayurveda को सहकार्य र Ayur Health को प्राविधिक सहयोगमा  एडिलेडमा रहेका नेपाली समुदायलाई लक्षित गरी जुन ३० आइतवार नि:शुल्कआयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ ।

आयुर्वेद चिकित्सकहरूसँग निःशुल्क स्वास्थ्य परामर्श, आहार र जीवनशैली परामर्श, सामान्य परीक्षाहरू, प्रकृति मूल्याङ्कन गर्न शिविरको उद्देश्य भएको नेपाका सचिव बसन्त सापकोटाले जानकारी दिनुभयो ।

निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा सहभागी हुनका लागि तलको लिङ्कमा गई आफ्नो नाम दर्ता सक्नुहुनेछ ।

https://forms.gle/Af4TNvSxiBUD3QmP7

स्वास्थ्य शिविर सम्बन्धी थप जानकारीका लागि निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुनेछ। अपिल प्रकाश कँडेल +61479143220 बसन्त सापकोटा +61420812729