२०८१ चैत ३ सोमबार

एडिलेडमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

  • admin २०८१ असार १९ मङ्गलबार

अष्ट्रेलिया / साउथ अस्ट्रेलियाको  एडिलेडमा  नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर  सम्पन्न भएको छ । नेपाली इनर्जेटिक पिपल इन अष्ट्रेलिया  (Nepalese Energetic People in Australia Inc )  नेपाले अस्ट्रेलियन एसोसिएसन अफ आयुर्वेद (Australasian Association of Ayurveda) सँगको सहकार्यमा एडिलेडको हिलक्रेस्टमा आयुर् स्वास्थ्य क्लिनिकमा  (Ayur Health Clinic ) नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर  स्वास्थ्य शिविर सम्पन्न गरेको हो।।

उक्त कार्यक्रममा एडिलेडमा रहेका नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको थियो । प्राकृतिक चिकित्साको एक प्राचीन प्रणाली, स्वास्थ्य परामर्श, आहार र जीवनशैली परामर्श, सामान्य परीक्षाहरू,आयुर्वेदिक उपचार प्रणाली, आयुर्वेद  चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण र  परामर्शबाट करिब ५० भन्दा धेरै व्यक्तिहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए।

आयुर्वेद चिकित्सकहरू डा. बोस्को पल, डा. निगम पौडेल, डा. हसिता चामिनी  र डा. नयना सुरेशले सहभागीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण र परामर्श प्रदान गर्नुभएको थियो।  शिवीर पश्चात्  कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियन  एसोसिएसन अफ आयुर्वेदा  का उपाध्यक्ष डा. बोस्को पलले अष्ट्रेलियामा आयुर्वेद चिकित्सा पद्धति अपनाउनेहरूका  लागि यो ऐतिहासिक अवसर भएको बताउनुभयो ।

आयुर्वेद स्वास्थ्य शिविरमा परामर्शको क्रममा केहि निःशुल्क औषधिहरू पनि प्रदान गरिएको थियो। आयुर्वेदिक डाक्टरहरुको सेवा र विज्ञताको कदर गर्दै नेपाका अध्यक्ष अपिलप्रकाश कँडेल र सचिव बसन्त सापकोटाले चिकित्सकहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

शिविरका कार्यक्रम संयोजक डा. निगम पौडेलले आयुर्वेदिक स्वास्थ्य सेवा विशेषज्ञतामा निरन्तर पहुँचको लागि समुदायको चाहनालाई सम्बोधन गर्दै भविष्यमा थप यस्ता शिविरहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै नेपाका सचिव वसन्त सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी हातहरूलाई धन्यवाद दिँदै भविष्यमा यस्ता कार्यक्रमहरु नेपाली समुदायबीच लिएर आउने प्रतिबद्धता व्यक्त गर्नुभयो।