२०८१ माघ ७ सोमबार

युरोकपको फाइनल आज राति, उपाधिका लागि स्पेन र इग्ल्याण्ड भिड्दै

  • admin २०८१ असार ३१ आइतबार

काठमाडौं। आज राति युरोकपको फाइनलमा स्पेन र इग्ल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने इग्ल्याण्डले नेदरल्याण्डसलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ ।

२०२० मा सम्पन्न युरोकपमा इग्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

स्पेन र इग्ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इग्ल्याण्डले १४ खेल जितेको छ ।त्यस्तै, ३ खेल बराबरीमा सकिएका छन् ।