अमेरिका / अमेरिकाको केन्टकीमा क्यान्सरसँग जुध्दै आएका पत्रकार रजेन्द्र केसी (र केसी) को उपचारमा सहयोगका लागि गोफण्डमी सुरु गरिएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय केसी केही समयदेखि अमेरिकामा मेटास्टेटिक मेलिग्नेनछ प्यान्क्रियाटिक क्यान्सरसँग जुध्दै आएका छन् । करिब एक महिनाअघि मात्र केसीको जीवनमा यो अप्रत्याशित अवस्था आएको हो ।
केसीको उपचारमा हाल केमोथेरापी गर्नुपर्ने भएको छ । नेपालबाट ६ वर्षअघि अमेरिका आएका केसीसँग श्रीमती र एक छोरी छन् । केसीको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आम्दानीको स्रोत बन्द भएको छ भने हालसम्मको बचत पनि उपचारकै क्रममा सकिएको छ ।
तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।
तपाइँको प्रतिक्रीया