काठमाडौं, । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ ।
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहनुभएकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिनुभएको हो ।
राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने निर्णय गरेको हो ।
पूर्वप्रधानमन्त्री जिया भ्रष्टाचारको अभियोगमा २०७४ सालमा पाँच वर्षका लागि जेल चलान हुनुभएको थियो । ५ वर्ष बितिसक्दा पनि रिहा नहुनुभएको उहाँलाई राष्ट्रपतिले रिहा गर्न आदेश दिनुभएको हो ।
जियाका श्रीमान एवं पूर्वराष्ट्रपति जिया उर रहमानको नाममा सञ्चालित जिया अनाथालय कोषका लागि विश्वका विभिन्न देशबाट प्राप्त २ लाख ५२ हजार डलर बराबरको रकम हिनामिना भएको ठहर भएपछि उहाँ जेल चलान हुनुभएको थियो ।
ढाकास्थित केन्द्रीय कारागारको महिला सेलमा सजाय काटिरहनुभएको जिया राष्ट्रपतिको आदेश लगत्तै रिहा हुनुहुनेभएको छ ।
तपाइँको प्रतिक्रीया