अष्ट्रेलिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन अगष्ट १६ तारिख अष्ट्रेलियाको मेलबर्न आउने भएका छन् । राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौ अधिवेशनका लागि मेलबर्न आउन लागेका हुन् ।
प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हालमा विशेष कार्यक्रम आयोजना गरिएको छ । साँझ ५ बजेदेखि ९ बजेसम्म कार्यक्रम हुनेछ लिङ्देनले त्यहाँ रहेका नेपाली समूदायसँग अन्तरक्रिया गर्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि भिक्टोरियाको नेपाली समूदायका अगुवाहरुलाई आमन्त्रण गरिएको पनि उनले जानकारी दिए ।
लिङ्देनसँगै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला ,राप्रपा केन्द्रीय सदस्य तथा प्रवास बिभाग प्रमुख आनन्द अधिकारी , राप्रपा केन्द्रीय सदस्य हिक्मत जुङ कार्की पनि हुनेछन् । मेलबर्नपछि एडिलेडमा एक कार्यक्रममा सहभागी भएर लिङ्देन सिड्नीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छन् ।
प्रवासी नेपाली एकता समाज साउथ अस्ट्रेलियाका राज्य संयोजक केदार श्रेष्ठकाले अगस्ट २० मा एभरेस्ट फङ्सन सेन्टरमा बेलुका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एडिलेडका नेपाली समूदायसँग अन्तरक्रियागरिने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो।
तपाइँको प्रतिक्रीया