एडिलेड / हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर एनआरएन साउथ अस्ट्रेलिया र नारी निकुञ्जको आयोजनामा एडिलेडमा तीज फेष्टिभल २०२४ भव्यताका साथ सम्पन्न भएको छ।
स्थानिय कोस ग्रोभ हल क्लोभेली पार्कमा सम्पन्न कार्यक्रमको सञ्चालन नेहा धमलाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नारी निकुञ्जकी सदस्य अन्जु धितालले राख्नुभएको थियो। कार्यक्रममा साउथ अस्ट्रेलियन सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले कार्यक्रमको सफलताको शुभकामना दिँदै आयोजक टिमलाई धन्यवाद दिनुभएको थियो।
यसपालिको नारी निकुञ्जको तीजमा भने चर्चित लोक गायिका सुनिता दुलालले उपस्थित सबैलाई नचाएकी थिइन्। उक्त तीज कार्यक्रममा नेपाली पाठशालाका सानासाना नानीहरूका साथै एडिलेडका स्थानीय कलाकारहरूले पनि आफ्नो आफ्नो नृत्य प्रस्तुत गर्नुभएको थियो ।
उक्त तीज कार्यक्रमलाई गभर्मेन्ट अफ साउथ अस्ट्रेलियाले समेत सहयोग गरेको थियो । मुख्य प्रायोजनको रुपमा रहेको अल इन वान एसियन ग्रोसरी र फ्रेस चुलो रेस्टुरेन्टले आफ्नो पाँचौं एनिभर्सरीको अवसर पारेर उक्त तीज कार्यक्रममा उपस्थित जनाउनुहुने सबैलाई निःशुल्क तीजको दर खुवाएको थियो।
कार्यक्रममा कालिकोटे ज्वेलर्स एडिलेडले राफल विजेतालाई मङ्गलसुत्र र नौगेडी समेत उपहारको रुपमा प्रदान गरेको थियो।
नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक रिज्नु अधिकारीका कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सहयोगी हातहरू तथा स्वयंसेवकहरुलाई धन्यवाद दिनुभएको थियो । साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सहयोगी तथा पत्रकारहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
तपाइँको प्रतिक्रीया