२०८१ असोज २९ मङ्गलबार

एडिलेड नेपाली समाज अष्ट्रेलियाको आयोजनामा तीजकै दिन तीज कार्यक्रम भव्य रुपमा सम्पन्न (फोटो फिचर)

  • admin २०८१ भाद्र २२ शनिवार

एडिलेड / नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर एडिलेड नेपाली समाजले तीजको दिन ‘पूजा तथा नाचगान’ तीज कार्यक्रम सम्पन्न भएको छ ।
समाजले सेप्टेम्बर ६ तारिख शुक्रवार तीजकै दिन एडिलेडस्थित क्लोभेली पार्क मेमोरियल कम्युनिटी हलमा तीज कार्यक्रम सम्पन्न गरेको हो ।

एडिलेड नेपाली समाज अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको उक्त तीज कार्यक्रममा एडिलेडमा रहेका नेपाली नारीहरूका साथै नेपालबाट आउनुभएका अभिभावक,एडिलेडमा हुर्के बढेका बालबालिकाहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। तीजकै दिन पारेर तीज कार्यक्रम गरियको हुँदा पण्डितद्वारा सामूहिक पूजा मौलिक नाचगान का साथै उपस्थिति सबै लाई निशुल्क खानपानको व्यवस्था समेत ब्यबस्था गरिएको थियो ।

नेपालमा जस्तै जग्गे स्थापना गरी सामूहिक रुपमा पण्डितद्वारा पूजा गरी मौलिक नाचगान सहित तीज पर्व मनाइएको हुँदा एडिलेडमा हुर्के बढेका नयाँ पुस्तालाई पनि आफ्नो धर्म,कला,संस्कृतिको बारेमा जानकारी दिन पाउनु गर्वको बिषय भएको समाजका अध्यक्ष श्याम दाहालले बताए । दाहालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी हातहरू, स्वयंसेवक तथा कार्यक्रमा उपस्थित सबैमा धन्यवाद समेत व्यक्त गर्नुभएको थियो।

समाजले गरेको उक्त तीज कार्यक्रममा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी हातहरु सहित पत्रकारहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा राफल चिट्ठाबाट विजेतालाई कार्यक्रममा चन्द्रकोट ज्वेलर्स एडिलेडले विजेतालाई सुनको मङ्गलसुत्र र नेपाली बुक अस्ट्रेलियाको तर्फबाट किताब उपहारको रुपमा प्रदान गरेको थियो।