एडिलेड / नेपालको पुरानो तथा लोकप्रिय रक ब्यान्ड १९७४ एडीले अष्ट्रेलिया टुर’का क्रममा यही आउदो १२ सेप्टेम्रबमा एडिलेडमा आफ्नो विशेष प्रस्तुती दिने भएको छ । ब्यान्डले आफ्नो ३० औँ वर्षगाँठको उपलक्ष्यमा अष्ट्रेलिया ‘टुर आयोजना गरीएको जनाएको छ ।
१९७४ एडीको ‘अष्ट्रेलिया टुर’को सम्पूर्ण व्यवस्थापन रोटे पिङ इन्टरटेन्टमेन्टले गरेको छ । भने एडिलेडको लागि व्यवस्थापन यार्सा इभेन्ट एण्ड इन्टरटेन्मेन्ट र थ्री केजी इभेन्टले गरेको हो। ब्यान्डले अस्ट्रेलियामा सुरुवाती प्रस्तुतीका रुपमा ब्रिजवेन, पर्थ र मेलबर्नमा भव्यताका साथ कार्यक्रम सम्पन्न गरिसकेको छ । सेप्टेम्बर १२ एडिलेड, सेप्टेम्बर १४ होबार्ट, १९ सेप्टेम्बर क्यानबेरा सकेर सेप्टेम्बर २१ सिड्नीमा आफ्नो प्रस्तुति दिने ब्याण्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिनुभयो। ।
३० औँ वर्षगाँठको उपलक्ष्यमा अष्ट्रेलिया टुर गरिरहेको ब्यान यतिखेर एडिलेड आइपुगेका छ । ब्यान्डले १२ सेप्टेम्बर, बिहीबार उड्भिल टाउनहलमा साँझ ५.३० बजेदेखि भव्य सांगीतिक प्रस्तुति दिने छ । एडिलेडको कार्यक्रमको लागि टिकेट करिब- करिब सोल आउट हुन लागेको थ्री केजी इभेन्ट का निर्देशक खुम घलेले जानकारी दिनुभयो। घलेले उक्त ब्यान्डको देशप्रेमी गीतहरू भएकाले सबैजना उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन र समयमै टिकट लिई आफ्नो सिट सुरक्षित गर्नुहुन समेत एडिलेड बासीलाई अनुरोध समेत अनुरोध गर्नुभयो । उक्त कार्यक्रमको मुख्य प्रायोजनको रुपमा Boomerang International Educational Services रहेको छ।
३० औं वर्ष पुगेकै अवसरमा ब्यान्डले केही समयअगाडि आफ्नो ‘हजार सपना’ गीतको भिडिओ पनि बनाएको थियो। आर्टमाण्डुसँगको सहकार्यमा बनाइएको उक्त भिडिओ ब्यान्डकै आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ। १९७४ एडीले एकपछि अर्को लोकप्रिय गीत बनाइरहेको छ र सबै एल्बम उत्तिकै मन पराइएको छ । यो मन त मेरो नेपाली हो ,परेलीमा, गुराँसै फुल्यो, सम्झी बस्छु, पिंजडाको सुगा, मुटु भरिभरि, तिमीलाई पिरतीले बाँधौंला लगायत १९७४ एडीका केही चर्चित गीत हुन् । https://imticketing.com/event/3/1974-ad?
तपाइँको प्रतिक्रीया