२०८१ असोज २९ मङ्गलबार

पर्थमा भव्य रुपमा सम्पन्न नेपाल फेष्टिभल

  • admin २०८१ भाद्र ३१ सोमबार

अष्ट्रेलिया / गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलियाको आयोजनामा १४ सेप्टेम्बरमा शनिबार आयोजित फेस्टिभल पर्थमा भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी भएका पश्चीम अस्ट्रेलीयाका नागरिकता र बहुसांस्कृतिक मन्त्री डा. टोनी बुटीले नेपाली समुदायको प्रशंसा गर्दै स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने जानकारी गराए । पानसमा बत्ती बालेर एनआरएन आईसीसीका अध्यक्ष बद्री केसी र मन्त्री टोनी बुटीले संयुक्तरुपमा महोत्सवको शुभारम्भ गरेका थीए । भने सहजीकरण नेपाल फेस्टिवलका संयोजक शेखर घिमिरेले गरेका थिए। कार्यक्रममा स्थानिय सांसदहरु तथा जनप्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।

सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल फेष्टिभलमा नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम प्रचार प्रसारका लागि आयोजित फेस्टिभल कलश यात्रासहित सुरु भएको थियो । सो अवसरमा विभिन्न जातजातिको पोशाकसहितको संस्कृति झल्काउने नाचहरु तथा झाकिहरु प्रदर्शन गर्दै शहर परिक्रमा गरिएको थियो । फेस्टिभलका लागि अस्ट्रेलियाका विभिन्न सहरहरू नेपाल लगायत अन्य देशहरूबाट बाट नेपाली समुदाय भेला भएका थिए।

यस्तै फेस्टिबलमा सहभागिताका लागि एनआरएनए अध्यक्ष डा. बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङलगायत अष्ट्रेलियामै रहेका आइसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए विधान संशोधन समितिका संयोजक भवानी ओलीलगायत एनआरएनए अष्ट्रेलियाका राज्यका प्रतिनिधीहरु पर्थमा पुगिसकेका थिए ।

कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकताको निरन्तरता र अधिकारसहितको नागरिकताको लागि लबिङ गरिरहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम विभिन्न देशमा भैरहेको खुसी व्यक्त गर्दै नेपाल बाहिर नेपाल चिनाउने यस्ता कार्यक्रम सार्थक हुने बताउनुभयो । उपाध्यक्ष विनोद श्रेष्ठ, क्षेत्रीय संयोजक दिनेश पोखरेल सचिव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएन महिला संयोजक रोजिना प्रधान, टीका गुरुंग, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको सभापतित्व गरेका एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएनएको सक्रियतामा यस्ता नेपाली कला तथा संस्कृति झल्कने कार्यक्रम अस्ट्रेलियाभरि नै आयोजना भइरहेको जानकारी गराएका थिए । कार्यक्रममा उल्लेख्य मात्रामा नेपाली समुदाय, दोश्रो पुस्ताका नेपाली बालबालीकाहरुका अलवा ठुलो संख्यामा विदेशी नागरिकहरु पनि सहभागी थिए । नेपाल फेष्टिभल पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गरिएको थियो । कार्यक्रममा नेपाली ब्याण्ड द एक्स, बद्री पंगेनी, आस्था राउत लगायतले सांगीतिक प्रस्तुति समेत दिएका थिए ।