२०८२ बैशाख ८ सोमबार

१९७४ एडी गाईरह्यो, एडिलेडका दर्शकहरु झुमिरहे

  • admin २०८१ असोज १ मङ्गलबार

एडिलेड / नेपालको पुरानो तथा लोकप्रिय रक ब्यान्ड १९७४ एडीले अष्ट्रेलिया टुर’का क्रममा एडिलेडका दर्शक सामु आफ्नो भव्य प्रस्तुति दिएको छ । ब्यान्डले आफ्नो ३० औँ वर्षगाँठको उपलक्ष्यमा अष्ट्रेलिया टुरमा निस्किएको हो।

ब्याण्डको एडिलेडको लागि व्यवस्थापन यार्सा इभेन्ट एण्ड इन्टरटेन्मेन्ट र थ्री केजी इभेन्टले गरेको हो। कार्यक्रम १२ सेप्टेम्रबमा उड्भिल टाउन हलमा सम्पन्न भएको थियो ।

एड्रिन प्रधान,फिरोज स्याङ्देन,सहितको टिमले यो मन त मेरो नेपाली हो ,गुराँसै फुल्यो ,छुदैन तिम्रो मायाले, सम्वोधन जस्ता सर्वकालिन गितमा दर्शकहरू झुमेका थिए । दर्शकहरू यति झुमेर नाचेकी हलको फ्लोर समेत भत्किएको थियो । क्षतिग्रस्त हललाई मर्मतको लागि पत्र आएको थ्री केजी इभेन्टमा निर्देशक खुम घलेले जानकारी दिनुभयो । नेपाली गीत संगीतलाई माया गरी कार्यक्रममा उपस्थित भई कार्यक्रम भव्य बनाइदिनु भएकोमा उपस्थित सबैमा निर्देशक घलेले धन्यवाद समेत दिनुभयो।