अस्ट्रेलिया एडिलेड/ साउथ अस्ट्रेलियामा नेपालीद्वारा सञ्चालित इन्डियन क्लब रेस्टुरेन्टले उत्कृष्ट इन्डियन रेस्टुरेन्टको उपाधि पाएको छ । उक्त उपाधि रेस्टुरेन्ट एण्ड केटरिङ एसोसिएसन साउथ अस्ट्रेलियालले प्रदान गरेको हो ।
क्लबका सञ्चालक अनु खरेल र विष्णु खरेलले एक कार्यक्रमका बीच उक्त अवार्ड ग्रहण गर्नुभएको थियो।
अवार्ड पाएपछि खुसी हुँदै क्लबका सञ्चालक विष्णु खरेलले साथी टिबीसँग कुरा गर्दै यो अवार्डले अझै पनि यो क्षेत्रमा अगाडि बढ्न थप मद्दत पुर्याउने बताउनुभयो । नाम सुन्दा इन्डियन रेस्टुरेन्ट जस्तो देखिएता पनि यहाँ नेपाली इन्डियन लगायतका खानेकुराहरु पाइने गर्दछन्। इन्डियन क्लब SA क्याम्पबेलटाउन सिटी काउन्सिल (SA) क्षेत्र भित्र अवस्थित छ।
साथै खरेलले दिएको जानकारी अनुसार यो अवार्ड स्टेटले प्रदान गरेको हो भने नेसनल लेभलको अवार्डका लागि पनि इन्डियन क्लब SA छनोट भएको जानकारी समेत दिनुभयो। नेसनल लेभलको बेस्ट इन्डियन रेस्टुरेन्टको अवार्डको घोषणा भने नोभेम्बर ११ मा रेस्टुरेन्ट एण्ड केटरिङ एसोसिएसन अस्ट्रेलियालले गर्नेछ ।
तपाइँको प्रतिक्रीया